कोकिला भण्डारी
धनकुटा । नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखा र जुनियर युवा सर्कलको तीन बर्षीय कार्ययोजना निर्माणबारे धनकुटामा कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी धनकुटाले सहजिकरण कार्यक्रम आयोजनामा सम्पन्न गोष्ठिमा आगामी तिन बर्षकालागि कार्यायोजना तयार पार्ने विषयमा छलफल गरिएको कोषाध्यक्ष मुकुन्द भण्डारीले जानकारी दिनुभयो ।
कोभिड प्रतिकार्यकालागि विध्यालयहरूमा धारा सहितको तीन थान बाल्टिन, बिना धाराको १ थान बाल्टिन, हातधुने सावुन, सावुन केस, डिपिआरपि पुस्तक, कोभिड प्रतिकार्य सम्बन्धि हाते पर्चा, कोभिड १९ बाट बच्ने उपाय सहितको फ्लेक्स लगायतका सामाग्री विध्यालयहरुमा वितरण गरिएको थियो ।
उक्त गोष्ठीमा मार्गदर्शन प्रदान, अनुगमन, मुल्यांकन हाल सम्मको प्रगती एवं चुनौती र त्यसको विश्लेषण, योजनाहरु समापन भएपछि आर्थिक समस्या, सम्बद्द साझेदारहरूको विश्लेषण, गतिविधि, लक्ष्य, एकाई, तीन बर्षकालागि मुख्य प्राथमिकताका क्षेत्रहरू लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
धनकुटा शाखाका उप कोषाध्यक्ष मन कुमारी राईले आगामि तीनबर्षे कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उपमन्त्रि सान्तिला तामाङ्गले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्वर १ का अध्यक्ष नरेन्द्र पोख्रेलको प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस सोसाईटीका सभापती हरि कुमार राईको अध्यक्षतामा सम्पन्न कार्याशाला गोष्ठीमा जिल्लाका ३० वटा विध्यालयका शिक्षक नायक तथा प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटीका मन्त्रि छत्र कुमार श्रेष्ठ, उपसभापती देवि कुमारी याख्खा, बकास विष्णु कृष्ण जोसी लगायतको सहभागिता रहेको थियो ।




















