मोरगं । विपन्नताका कारण सुत्केरी अवस्थामा पनि पौष्टिक आहार खान नसक्ने  महिलाहरुलाई लक्षित गरी मोरगंको सुन्दरहरैचा नगरपालिका क्षेत्रमा पौष्टिक आहार वितरण गर्ने कार्य सुरु भएको छ ।

  सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले वडा क्षेत्रमा वसोवास गर्दै आएका विपन्न परिवारका सुत्केरी महिलाहरु लाई पौष्टिक आहार तथा आमा र शिशु दुवैलाई कपडा वितरण गर्ने अभियान सुरु गरेको हो ।

  वडा क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारका सुत्केरीहरुको पहिचान गरी पौष्टिक आहार तथा कपडा वितरण गर्ने कार्यको थालनी गरिएको वडाध्यक्ष जिवन ढुंगानाले जानकारी दिए ।snapshot_020

  उनले वडा क्षेत्रको विकास भनेको बाटोघाटा मात्र नभएर शिक्षा र स्वास्थ्य पनि हो भनेर शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि विभिन्न कार्यहरु वडाले गर्दै आएको वताए ।

 सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिक सम्मान ,गर्भवती पौष्टिक आहार , स्वास्थ्य विमा कार्यक्रम सहित सुत्केरी महिलाका लागि पौष्टिक आहारका साथै सुत्केरी र शिशुका लागि न्यानो झोला सेट वितरण  कार्यक्रम सुरु गरेको हो । 

 वडाले सुरु गरेको सुत्केरी आहार कार्यक्रमका लागि वडा स्वास्थ्य कार्यालयको समन्वयमा सुरु गरिएको वडा सदस्य प्रविण पोखरेलले जानकारी दिए । snapshot_031

  पहिलो पटक वडाको स्वास्थ्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सुत्केरी महिलाहरु तथा शिशुलाई आहार , कपडा वितरण गर्ने कार्य गरिएको समेत पोखरेलले वताए । 

 सुत्केरी आहार तथा कपडा वितरण अभियान सञ्चालनमा वडा स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्य सहित वडा स्वास्थ्य कार्यालयका कर्मचारी स्वयमसेविकाहरुले समेत सहयोग गर्दै आएको जनाइएको छ ।

  पौष्टिक आहार तथा कपडा पाएपछि खुशी लागेको महिलाहरुले वताए ।  

  सुन्दरहरैचा वडा नम्बर ३ ले उज्योलो वडा कार्यक्रम , धुलो रहित वडा वनाउने अभियान समेत सञ्चालन गर्दै आएको छ ।