इटहरी । नेपाली सहित अन्य भाषाका क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउदै आएका भाषा शास्त्री प्रा.डा.टंकप्रसाद न्यौपानेलाई सुनसरीको इटहरीमा सम्मान गरिएको छ ।

  पचास हजार १सय १रुपैया सहितको तारानिधि धनमाया अधिकारी स्मृति पुरस्कारबाट भाषाशास्त्री न्यौपानेलाई तारानिधि धनमाया अधिकारी स्मृति प्रतिस्ठानले सम्मान गरेको हो ।IMG_9802

    प्रतिष्ठानले सुनसरीको इटहरीमा आयोजना गरेको सम्मान कार्यक्रममा भाषा शास्त्री न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेस नम्बर १मा प्रमुख सोमनाथ अधिकारीले सम्मान गरेका हुन । सम्मानीत भाषाशास्त्री न्यौपानेले सम्मान स्वरुप आफुले पाएको रकम गरिव जेहेन्दार विधार्थीलाई अध्ययनका लागि सहयोग गर्ने सोही अवसरमा जानकारी गराए ।IMG_9800

  इटहरीका समाजसेवी रामचन्द्र अधिकारी तथा सीता अधिकारी दम्पतीले स्थापना गरेको तारानिधि धनमाया अधिकारी स्मृति प्रतिष्ठानले भाषा शास्त्री न्यौपाने सहित बरिष्ठ पत्रकार लेखक सुधिर शर्मालाई नगद ३५हजार १सय १रुपैया र युवा पत्रकार अमर खड्कालाई २५हजार १सय १ रुपैया त्यसै गरी मायाघर नेपाललाई पनि २५हजार १सय १ रुपैया दोसल्ला र प्रमाण पत्रले कार्यक्रमका प्रमुख अतिथी प्रदेस प्रमुख अधिकारीले  सम्मान गरे  ।

   अधिकारी दम्पतिले प्रतिष्ठान स्थापना गरि राखेको अक्षयकोषबाट वर्षेनी साहित्य, समाजसेवा र पत्रकारिता क्षेत्रमा रहेर महत्पुर्ण योगदान गर्दै आएकाहरुलाई सम्मान गर्ने गरेको छ ।